अपराध

पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति

आज बिहान पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई कपिलवस्तुमा पक्रेर आजै काठमाडौं ल्याइएको थियो ।  रोल्पा जान लागेका महरालाई गत साउन २ गते स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र अघिल्लो पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगाइएको छ ।

Page 3 of 173