किन ल्याइयो चार महिनामा ११ सय १६ किलो सुन ?

किन ल्याइयो चार महिनामा ११ सय १६ किलो सुन ?

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातका कारण सो अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । 

तर यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा आधाले कम हो । अघिल्लो वर्षको पहिलो चार महिनामा २१ सय ७७ किलो सुन आयात भएको थियो । त्यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको थियो । 

तीज,दशैं,तिहार र अन्य चाडपर्व तथा विवाहको लगन भएको महिनामा धेरै सुन खपत हुने गर्दछ । नेपाल राष्ट्र बैंकले प्रतिदिन १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिएपछि सुनको आयात घटेको हो । 

सुनचाँदी व्यवसायीका अनुसार बजारमा हिजोआज दैनिक ५० किलो सुनको माग छ । अघिल्ला वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

मंसिर महिना बिहेको सिजन भएकाले यो महिनामा माग अत्यधिक बढ्ने गरेको छ त्यसैले चुनावले छोपेको यो महिनामा आयात बढ्ने आकलन गरिएको छ ।

टिप्पणीहरू