यी चार लाख चैं सौताका सन्तान हुन्

यी चार लाख चैं सौताका सन्तान हुन्

यसपटकको निर्वाचनमा मतदान गर्ने अधिकारबाट नेपाली सेना, सशस्त्र प्रहरी, जनपद, म्यादी प्रहरीलगायत सुरक्षाकर्मी र केही निजामती कर्मचारी वञ्चित भएका छन् । यसरी ५ वर्षको एकपटक प्राप्त अमूल्य अवसर गुमाउनेको संख्या झण्डै चार लाख छ ।

उनीहरूले प्रत्यक्षमा त मतदान गर्न पाएनन् पाएनन्, समानुपातिकमा समेत भोट हाल्नबाट वञ्चित भएका छन् । सुरक्षाको लागि विभिन्न जिल्लामा खटिएर जानुपर्ने तर ठाउँको ठेगान नहुने भएकाले उनीहरू मतदान गर्नबाट वञ्चित भएका हुन् ।

मतदान गर्नका लागि एक महिनाअघि नै निर्वाचन कार्यालयमा नाम पठाउनुपर्ने, त्यसपछि निर्वाचन कार्यालयले नामावली कम्प्युटराइज्ड गर्ने भनिए पनि को, कहाँ सुरक्षाको निम्ति खटिने भन्ने यकिन हुन नसकेपछि समानुपातिकमा भोट हाल्ने अवस्थाबाट टाढिन बाध्य हुनुपरेको हो ।

सुरक्षा निकायमा अधिकांशले मतदाता परिचय पत्र बनाएको पनि देखिँदैन । किनभने त्यस्ता सुरक्षाकर्मीमाझ भोट हाल्न पाइँदैन भन्ने सोच देखिन्छ । त्यसैले आइन्दा निर्वाचन कार्यालयले ब्यारेक ब्यारेकमा गएर सुरक्षाकर्मीको मतदाता परिचय बनाउन सुझाव दिइन्छ ।
 

टिप्पणीहरू