भारतीय अभिनेत्री शबाना आजमी काठमाडौंमा

भारतीय अभिनेत्री शबाना आजमी काठमाडौंमा

भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आइपुगेकी छन् । आजदेखि सुरु हुने दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा आमन्त्रित  आजमी काठमाडौं आइपुगेकी हुन् । 

आयोजक मण्डला थिएटरका अनुसार महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ आयोजित महोत्सवमा आजमीले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ दिन लागेकी हुन् ।

मंसिर १७ गतेसम्म हुने महोत्सवमा स्वदेश तथा विदेशका २२ नाटकको सहभागिता छ ।  नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश गरिएको बताइएको छ ।

टिप्पणीहरू