रवि लामिछानेमाथि ओलीको कटाक्ष : अमेरिकी पार्टीको हुबहु चुनाव चिन्ह कसरी यता आयो ?

रवि लामिछानेमाथि ओलीको कटाक्ष : अमेरिकी पार्टीको हुबहु चुनाव चिन्ह कसरी यता आयो ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेको भन्दै कटाक्ष गर्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित बधाई कार्यक्रममा बोल्दै उहाँले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो ? भन्दै प्रश्न गर्नुभएको छ ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो । त्यतातिर पनि केही होला, त्यतातिर नजाऔं ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको लागो उस्तै रहेको पाइएपछि अध्यक्ष ओलीको उक्त प्रतिक्रिया आएको हो ।

टिप्पणीहरू