वाम गठबन्धनको सरकार बन्दैन : माधव नेपाल

वाम गठबन्धनको सरकार बन्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना क्षीण रहेको बताउनुभएको छ । आज पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले उक्त धारणा राख्नुभएको हो । उहाँले राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको उल्लेख गर्नुभयो । 

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना पूर्ण रुपमा नसकिएकाले हालसम्म सरकार गठनबारे कुनै पनि छलफल नभएको उहाँले दाबी गर्नुभयो । ‘अन्तिम निर्वाचन परिणाम आएपछि त्यसबारे कुराकानी हुनेछ । तर वाम गठबन्धनको सरकार बन्दैन,’ अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले आफ्नो पार्टीले निर्वाचनमा ३ प्रतिशतको थ्रेस होल्ड कटाउनेसमेत दाबी गर्नुभएको छ ।

टिप्पणीहरू