एसटिसी र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर सम्झौता

एसटिसी र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एसटिसी) र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको सम्झौता भएको छ । अब एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टमा भुक्तानी गर्न सक्छन् । त्यस्तै, एभरेष्ट बैंकमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले पनि स्मार्ट क्यूआरको सुविधा लिन सक्ने बताइएको छ ।

साथै, इएमभि स्ट्याण्डर्डमा जारी फाइनेन्सिएल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गरिने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने बैंकले जनाएको छ ।

विगत दुई दशकदेखि कार्डलगायत भुक्तानी सेवा दिँदै आएको एसटिसी र एभरेष्ट बैंकबीच भएको यो सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने अपेक्षा राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू