नेपालको राजदरवारमा बास बसेका चिनियाँ पूर्व राष्ट्रपतिको देहान्त

नेपालको राजदरवारमा बास बसेका चिनियाँ पूर्व राष्ट्रपतिको देहान्त

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको आज ९६ वर्षको उमेरमा देहान्त भएको छ । उहाँको आजै केहीबेर अगाडि निधन भएको बताइएको छ ।उहाँको कार्यकालमा चीनको आर्थिक बृद्धिदर उच्च पुगेको थियो । सन् १९९७ जुलाई १ का दिन बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा उहाँ राष्ट्रपति हुनुहुन्थ्यो । 

च्याङ सन् १९९३ देखि सन् २००३ सम्म राष्ट्रपति हुनुहुन्थ्यो । सन् १९८९ देखि २००२ सम्म कम्युनिष्ट पार्टीको महासचिव र सन् १९८९ देखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहनुभयो । 

उहाँले सन् १९९९ को अक्टोबर १२ र १३ का दिन तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको निमन्त्रणमा नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । उहाँलाई त्यतिबेला नारायणहिटी राजदरबारभित्रै राखिएको थियो ।

टिप्पणीहरू