अर्थतन्त्रमा सुधार ल्याउन प्रभुको सम्झौता

अर्थतन्त्रमा सुधार ल्याउन प्रभुको सम्झौता

प्रभु बैंक लिमिटेड र युएसएडको व्यापार तथा प्रतिस्पर्धा आयोजना "उद्यम नेपाल"बीच सम्झौता भएको छ । कोरोना महामारीको कारण थलिएको अर्थतन्त्रलाई सुधार्दै दिगो रुपमा लघु,साना र मध्यम आकारका उद्यमको निम्ति वित्तीय उत्पादन, सेवामा उपलब्धता र पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको बताइएको छ । 

आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि, पर्यटन तथा डिजिटल सेवाका क्षेत्रमा सहयोग पुर्याउने दुवै पक्षको साझा लक्ष्य रहेको सम्भौतामा उल्लेख छ । 

यसका लागि युएसएडको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालको सहकार्यमा बैंकले कर्मचारीहरुको सीप,क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरु सञ्चालन गर्नेछ । त्यस्तै, नयाँ नयाँ विधि,प्रविधि, स्रोत तथा साधनहरुको प्रयोग गर्न सिकाइनेछ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र युएसएडको तर्फबाट एग्नेस लुजले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू