हाकिमले कार्यालयको माथिल्लो तल्लामा पासो लगाए

हाकिमले कार्यालयको माथिल्लो तल्लामा पासो लगाए

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएका छन् । उनलाई आज मध्यान्ह झुण्डिएको अवस्थामा फेला पारिएको बताइन्छ । प्रमुख घिमिरे मध्यान्ह सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रजोश घिमिरेले बताए । 

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको छ । मृतक घिमिरेको परिवार समेत घटनास्थल पुगिसकेका छन् । प्रहरीले शवलाई पोष्टमार्टमको निम्ति धुलिखेल अस्पताल पुर्याएको छ ।

टिप्पणीहरू