घरमै घुसेर बलात्कार र कुटपिट गर्ने युवा पक्राउ

घरमै घुसेर बलात्कार र कुटपिट गर्ने युवा पक्राउ

बलात्कार गरेको आरोपमा रुकुम पश्चिमबाट एक युवा पक्राउ परेका छन् । जिल्लाको सानीभेरी गाउँपालिका ७ फुक्रुका १८ वर्षीय सन्तोष पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार १४ गते बुधवार बेलुका करिब साढे आठ बजे पुनलाई ५९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पुनलाई १५ गते नै पक्राउ गरेर जबरजस्ती करणीको मुध्दा चलाईएको छ । 

पुनले महिलालाई कुटपिटसमेत गरेर घाइते बनाएका थिए । महिलालाई जिल्ला अस्पताल सल्लेमा उपचारपछि थप उपचारको लागि जिल्ला बाहिर पठाईएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । महिलाको शरिरका विभिन्न भागहरुहरुमा कुटपिट गरिएका निलडामहरु हुनुका साथै रक्तश्राव भएको बताईएको छ । 

जानकारीअनुसार पुनले महिलाको घरमा गएर कोठा थुनी जबरजस्ती बलात्कार गरेका हुन् । महिलाले प्रतिकार गर्न खोज्दा कुटपिट गरेको हुनसक्ने बताईएको छ ।

टिप्पणीहरू