विदेश पठाइदिने प्रलोभनमा किन दिइन्छ लाखौं रुपैयाँ ?

विदेश पठाइदिने प्रलोभनमा किन दिइन्छ लाखौं रुपैयाँ ?

विदेश पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका एक युवकलाई प्रहरीले पक्रेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका रामकृष्ण आचार्यलाई पक्रेको जनाएको छ ।

उनले कम्बोडिया पठाइदिने प्रलोभनमा ठगेका हुन् । खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–१० घर भएका १७ वर्षे आचार्यले आकर्षक तलब र सेवासुविधासहित सेक्युरिटी गार्डमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिसँग २३ लाख ९७ हजार रुपैयाँ असुलेको प्रमाण प्रहरीले फेला पारेको छ ।
 
उनले सामाजिक सञ्जालमार्फत पीडितहरुलाई  आफू कम्बोडियामा काम गरिरहेको बताएका थिए । राम्रो काम लगाइदिने विश्वासमा पारेर पीडितहरुलाई बैंक खातामा रकम जम्मा गर्न गर्न लगाएर ठगेका हुन् ।

कार्यालयले जिल्ला प्रहरी कार्यालय, खोटाङसँग समन्वय गरेर उनलाई पक्राउ गरेको र अहिले थप अनुसन्धानको निम्ति जिल्ला प्रहरी परिसर, टेकु पठाइएको जनाएको छ । कम्बोडिया आर्थिक रुपले विकसित मुलुक होइन । त्यहाँ सरकारले तोकेका सीमित क्षेत्र र पदमा मात्रै उच्च शिक्षितको निम्ति वैदेशिक रोजगारीको थोरै सम्भावना छ । तर, सर्वसाधारणले विदेश पठाइदिने नाममा भइरहेको यस्तो ठगीमा अपनाउन नसकेको सचेतनाका धेरैको ठूलो रकम डुबेको छ ।

टिप्पणीहरू