प्रहरी युवती मार्ने प्रहरी अन्ततः पक्राउ

प्रहरी युवती मार्ने प्रहरी अन्ततः पक्राउ

म्यादी प्रहरी मारेको आरोपमा फरार रहेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । 

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्या आरोपित कोलीलाई प्रहरीले आज समातेको हो । 

उनलाई बिहान कञ्चनपुरबाट पक्रेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका नायव महानिरीक्षक (डिआईजी) मोहनकुमार आचार्यले बताए । आरोपित कोलीलाई जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुझाउने तयारी भइरहेको छ । 

मायाको गत बुधवार दिउँसो शिवनाथ गाउँपालिका वडा नम्बर ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

स्थानीय १५ वर्षीया नेहा लुहार भने गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते बालिकाले हत्यारा सशस्त्र प्रहरी बलमा कार्यरत स्थानीय भएको बताएकी थिइन् । 

मृतक युवती म्यादी प्रहरी हुन् । उनीहरुबीच गत डेढ महिनामा चिनजान भएको अनुमान छ ।

टिप्पणीहरू