लुम्बिनीको सरकारी अड्डा दाङ्ग सार्न खोज्दा एमालेको आपत्ती

लुम्बिनीको सरकारी अड्डा दाङ्ग सार्न खोज्दा एमालेको आपत्ती

लुम्बिनी प्रदेश सरकारले मु्ख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी कार्यालय बुटवलबाट दाङ सार्न लागेपछि नेकपा एमालेले आपत्ति जनाएको छ ।  प्रदेशको राजधानी बुटवलबाट कार्यालय सार्न खोजिएपछि एमालेको रुपन्देही जिल्ला कमिटीले ध्यानाकर्षण भएको बताएको छ । 

“राजधानी बुटवलमा सुविधासम्पन्न कार्यालयहरुका अतिरिक्त संसद भवन र कर्मचारी आवाससमेत  रहेको बताउँदै भौतिक पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं” कमिटीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै,वर्तमान कामचलाउ सरकारले सस्तो लोकप्रियता आर्जनका लागि यो कदम अगाडि बढाउन खोजेको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिएको छ । स्मरण रहोस्,बुटवलबाट राजधानी दाङ्ग सार्ने निर्णय एमाले महासचिव शंकर पोख्रेल मुख्यमन्त्री हुँदा उहाँकै जोडबलमा भएको हो ।

टिप्पणीहरू