गोकुल बाँस्कोटालाई नै कसले दु:ख दिँदैछ बारम्बार ?

गोकुल बाँस्कोटालाई नै कसले दु:ख दिँदैछ बारम्बार ?

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु बम  नभएको पाइएको छ।
आज बिहान ७ बजेर ४५ मीनेटको समयमा भक्तपुरको ठिमी न.पा १ लाेकन्थलीस्थित बाँस्कोटाको घरको बाहिरी कम्पाउण्डकाे छेउमा सेताे प्लास्टिकमा छाेपेर राखेको   एक शंकास्पद वस्तु भेटिएको थियो।

उक्त वस्तु भेटिएको प्रहरीले खबर पाएपछि नेपाल प्रहरी,सशस्त्र प्रहरी साथै सेनाको भैरव वाहन गुल्मबाट क्याप्टेन हरिदेव खड्काकाे कमान्डमा ११ जना सेना र शंकास्पद वस्तुलाई डिस्पोज गर्न बम डिस्पोजल टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्याप्टेन मधुसुदन बन्जाराकाे कमान्डमा खटिएको थियो ।

डिस्पोजल टाेलीले साढे नौ बजे डिस्पोज गरी हेर्दा उक्त शंकास्पद वस्तुबाट प्रेसर कुकरभित्र तार, ब्याट्री,मात्र फेला परेको थियो ।

डिस्पोजल टोलीले उक्त वस्तु बम नभई हाेक्स रहेको भन्दै काठमाण्डौ लिएर गएको भक्तपुरका एसपी प्रजित केसीले बताए । यसअघि ०७७ फागुनमा पनि यसरी नै बास्कोटाको सोही घरमा यस्तै जिनिस राखिएको थियो । त्यतिबेला बास्कोटा एमाले केपी ओलीको निजी निवास बालकोटमा बस्ने गर्थे ।

टिप्पणीहरू