दुई दिनको व्यस्त भ्रमणपछि अमेरिकी टोली मध्यरातमा स्वदेश प्रस्थान

दुई दिनको व्यस्त भ्रमणपछि अमेरिकी टोली मध्यरातमा स्वदेश प्रस्थान

अमेरिकी सहयोग नियोग युएसएआईडीको उच्चस्तरीय टोली गएराति स्वेदश फर्केको छ । मंगलबार मध्यरातमा काठमाडौं आइपुगेको नियोगका प्रशासक सामन्था पावर नेतृत्वको टोली आज बिहान सवा २ बजे कतारको दोहा हुँदै अमेरिका गएको हो ।

दुई दिनसम्म व्यस्त रहेको टोलीलाई युएसएडको काठमाडौं मिसनका कार्यवाहक निर्देशक करेन वेल्चलगायत तीन जनाले बिदाई गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचर स्रोतले बताएको छ ।

यसअघि हिजो साँझ साढे ६ बजे हायात होटलमा पावरले पत्रकार सम्मेलन गरेकी थिइन् । दिउँसो विभिन्न उच्चस्तरीय भेटघाटपछि अमेरिकी दूतावास नजिकैको रोयल दरबार पार्टी प्यालेसमा युएसएआईडीका कर्मचारीहरुसँग टोलीले भेट गरेको हो ।

टिप्पणीहरू