जोर्डन पुग्यो जल पुस्तकालय अर्थात् ‘फ्लोटिङ्ग लाइब्रेरी’

समाचार/भिडियो स्राेत : सिन्ह्वा

जर्मनीको परोपकारी संस्थाले सञ्चालन गरेको पानीमा तैरिने पुस्तकालय जोर्डन आइपुगेको छ । सबैभन्दा ठूलो तैरिने पुस्तकालय गत जनवरीमा जोर्डनमा ‘डक’ गरिएको बताइएको छ । 

जनवरी २६ देखि हालसम्म २५ हजार जनाले उक्त जल पुस्तकालयको भ्रमण गरेका छन् । ‘फ्लोटिङ्ग लाइब्रेरी’ मा विभिन्न विधाका पाँच हजारभन्दा बढी पुस्तक रहेको जानकारीसमेत दिइएको छ ।

पुस्तकालयभित्र लाइभ प्रदर्शन गर्ने मिल्ने र केही शैक्षिक कार्यशालाहरुसमेत छन् । ‘हामी जहाँ जान्छौं, ज्ञान बाँड्छौं । आशा छ, यसले ज्ञान बढाउन मद्दत पुर्याउनेछ’, लागोस होप परियोजना प्रबन्धक जाबुलानी म्लाम्बोले भने । 

एक सय ३२ मीटर लामो जहाज वर्षौंदेखि ‘ज्ञान र आशा’ फैलाउन विश्वभरका एक सयभन्दा बढी बन्दरगाह पुगिसकेको छ । यसमा रहेका तीन सय ५० स्वयंसेवकहरु ७० बढी मुलुकका नागरिक हुन् ।

टिप्पणीहरू