न्यायाधीश महेश पौडेललाई तोकियो राष्ट्रपति छान्ने अधिकृत

न्यायाधीश महेश पौडेललाई तोकियो राष्ट्रपति छान्ने अधिकृत

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत र मतदानस्थल तोकेको छ । उक्त निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ ।

आयोगले फागुन ८ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । निर्वाचन तालिकाबमोजिम आगामी बुधबार मतदाता नामावली प्रकाशन हुनेछ । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरलाई आयोगले मतदानस्थल तोकेको हो । त्यहाँ दुईवटा मतदान केन्द्र रहनेछन् । 

निर्वाचन तालिकाबमोजिम फागुन २५ गते हुने मतदानका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनमा संसदको दुवै सदनका सदस्य तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता रहेन व्यवस्था छ । संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुनेछ ।

टिप्पणीहरू