कोरोना महामारीमा अमेरिकी कैदीबन्दी साेत्तर भएकाे निष्कर्ष

कोरोना महामारीमा अमेरिकी कैदीबन्दी साेत्तर भएकाे निष्कर्ष

कोरोना महामारीका कारण अमेरिकाको विभिन्न संघीय कारागारमा कैदीबन्दीको मृत्युदर ह्वात्तै बढेको छ । हालै गरिएको एउटा अध्ययन प्रतिवेदनमा त्यहाँको संघीय कारागारमा कोरोनाको पहिलो चरणमा ५० प्रतिशतले मृत्युदर बढेको पाइएको  उल्लेख छ । 

विशेषगरी छ वटा राज्यमा कोरोनाको कारण मरेका कैदीबन्दीको संख्या उच्च रहेको खुलासा एक मिडिया रिपोर्टले गरेको हो । सन् २०२० मा मर्नेको संख्या मुुलुकको जन्मदरभन्दा दोब्बर रहेको उल्लेख छ । जेलहरु कोभिड हटस्पट बनेको प्रतिवेदनले इंगित गरेको छ । 

‘भीडभाडका कारण कोरोना छिटो फैलियो र वृद्ध कैदीबन्दीहरुलाई सबैभन्दा धेरै असर पुग्यो । कर्मचारी अभाव र असुरक्षित स्वास्थ्य अवस्थाले पनि प्रभाव पारेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ । 

यता, अन्य रोग र आत्महत्या गर्ने पनि उत्तिकै रहेको क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसका कानुन स्कुलका अनुसन्धानकर्ताको निष्कर्ष छ । सन् २०१९ मा चार हजार २४० कैदीबन्दीको निधन भएको र २०२० मा बढेर त्यो संख्या ६ हजार १८२ पुगेको छ ।

टिप्पणीहरू