फार्मेसीको नाम दर्ता परीक्षा चैतमा

फार्मेसीको नाम दर्ता परीक्षा चैतमा

नेपाल फार्मेसी परिषद्ले आउँदो चैत ४ गते नाम दर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले फार्मेसी सहायकतर्फको २१ औं नाम दर्ता परीक्षा चैत ४ गते काठमाडौंमा सञ्चालन गर्न लागेको बताइएको छ । 

परिषद्ले सूचना जारी गर्दै परीक्षाबारे जानकारी गराएको छ । त्यस्तै, परीक्षाको तालिका र समय अर्को सूचनाबाट प्रकाशित गर्ने परिषद्ले जनाएको छ । ‘नेपाल फार्मेसी परिषदद्वारा लिइने फार्मेसी सहायकतर्फको २१ औं नाम दर्ता परीक्षा यही मिति २०७९–१२–४ मा काठमाडौंमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । साथै, परीक्षा सम्बन्धी थप जानकारी अर्को सूचनाबाट प्रकाशित गरिनेछ’, जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू