नेपाली कला हेर्न इजिप्टमा सर्वसाधारणको घुईंचो

नेपाली कला हेर्न इजिप्टमा सर्वसाधारणको घुईंचो

इजिप्टको राजधानी कायरोमा आयोजित कला प्रदर्शनीमा नेपाली कलाप्रति त्यहाँका सर्वसाधारणको विशेष चासो देखिएको छ । स्थानीय जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा आयोजित प्रदर्शनीमा राखिएका नेपाली हस्तकलाप्रति चासो राख्नेको संख्या धेरै देखिएको हो ।

कायरोस्थित नेपाली राजदूतावासद्वारा आयोजित पर्यटन प्रवद्र्धनका कार्यक्रममा नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध वस्तुको प्रदर्शनी गरिएको थियो । नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–संगीत प्रस्तुत गरिएको बताइएको छ । 

नेपालको प्रदर्शनी कक्षमा तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । नेपालको प्रदर्शनी कक्षमा राष्ट्रि झण्डा, पशुपतिनाथ मन्दिर र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मसँग सम्बन्धित सामग्री राखिएका थिए ।

प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलंका, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकले प्रदर्शनी कक्ष राखेका थिए ।
 

टिप्पणीहरू