ओली– कसले दबाब दियो रे ?

ओली– कसले दबाब दियो रे ?

प्रचण्ड– माओवादीको अध्यक्षले । यता एमाले अध्यक्षको दबाब छ, उता माओवादी अध्यक्षको दबाब छ । म अहिले दुईतिरको दबाबमा छु ।

ओली– माओवादीको अध्यक्ष त तपाईं आफैँ होइन ?

प्रचण्ड– हो । तर, भएर के गर्नु । प्रधानमन्त्रीलाई यसले पनि दबाब दिन छाड्दैन । अहिले प्रधानमन्त्री प्रचण्डमाथि माओवादी अध्यक्ष प्रचण्डको पनि दबाब छ । मैले के गर्ने ? 

ओली– यसरी आफूले आफैँलाई दबाब दिनु त भएन नि ! यसरी कहाँ हुन्छ ?

प्रचण्ड– त्यो त हो । तर, राष्ट्रपतिजस्तो पदको मामिला छ । दबाब दिएन भने त अरुले पड्काइहाल्छ नि ! त्यसैले दबाब नदिई नहुने अवस्था छ कमरेड, मैले के गर्ने ?

प्रधानमन्त्री प्रचण्डलाई दुईतिरबाट परेको दबाब देखेर एमाले अध्यक्ष ओली दोहोर ट्वाँमा पर्नुभयो । 

 

टिप्पणीहरू