राष्ट्रिय सभागृहमा ठेकेदारहरुको अबिरजात्रा

राष्ट्रिय सभागृहमा ठेकेदारहरुको अबिरजात्रा

काठमाडौंको राष्ट्रिय सभागृह परिसरमार निर्माण व्यवसायीहरुले अबिर दलेर खुशी साटेका छन् । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १७ औँ साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएपछि उनीहरुले आपसमा अबिर दलेका हुन् । 

अधिवेशनले कृष्णप्रसाद गौतमलाई अध्यक्षमा चयन गरेको छ । उनी आगामी तीन वर्षे कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी शान्तकुमार श्रेष्ठलाई एक सय २९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा बासु खड्का चयन भएका हुन् । 

यता, द्वितीय उपाध्यक्षमा तिलक लामा, महासचिवमा पन्चबहादुर तामाङ, नीतिगत उपमहासचिवमा कृष्ण केसी, आन्तरिक उपमहासचिवमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सहकोषाध्यक्षमा संजिव शाक्य चुनिएको बताइएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएपछि सहभागीहरुले नेतृत्वलाई अबिर दलेर  खादा लगाइदिएका हुन् ।

टिप्पणीहरू