पानी परेपछि ‘अवतार’ पहाडको दृश्य थप मनोरम

चीनको ‘अवतार’ पहाडमा बादल र कुहिरोको संमिश्रणमा लोभलाग्दो दृश्य देखिने गरेको छ । केही दिनको लगातार वर्षापछि चीनको हुनान प्रान्तमा रहेको ‘अवतार’ पहाडमा बादलको मनोरम दृश्य देखापरेको बताइन्छ । 

नजिकैको राष्ट्रिय वन पार्कबाट उक्त बादल निकै सुन्दर देखिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उक्त बादलले घेरेपछि देखिने पहाडी क्षेत्रको मनमोहक दृश्य हेर्न पार्कमा धेरै दर्शक पुग्ने गरेका छन् ।   

हरियालीले घेरिएको पहाड मुन्तिरको भागमा सेतो बादल देखिएपछि त्यहाँ पुग्ने जोसुकै दर्शकको ध्यान त्यसैले खिच्ने गरेको छ । लोभलाग्दो पहाडमा फोटो खिच्नेको लर्को लागेको सिन्ह्वाको भिडियोमा देखिन्छ । 

भिडियो : सिन्ह्वा

टिप्पणीहरू