चरिकोटमा पर्यटक बढाउन महोत्सव आयोजना

चरिकोटमा पर्यटक बढाउन महोत्सव आयोजना

दोलखा सदरमुकाम चरिकोटमा हिजोदेखि नौ दिने महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभएको थियो ।   

दोलखा चेम्बर अफ कमर्सको आयोजनामा भएको महोत्सवको उद्देश्य जिल्लामा पर्यटन प्रबद्र्धन गर्ने र स्थानीय मौलिकतालाई जगेर्ना गर्नु रहेको बताइएको छ । स्थानीय टुँडिखेलमा हिजोदेखि सुरु भएको महोत्सन फागुन २७ गतेसम्म चल्नेछ ।

टिप्पणीहरू