सरकारी कर्मचारीको तलब र भत्ता पुनरावलोकन प्रतिवेदन बुझाइयो

सरकारी कर्मचारीको तलब र भत्ता पुनरावलोकन प्रतिवेदन बुझाइयो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन बालुवाटार पुग्नुभएको छ । उहाँले प्रधानमन्त्रीसँग आज बिहान झण्डै एक घण्टा कुराकानी गर्नुभएको बताइन्छ ।

आजै पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली राजदूतको समेत जिम्मेवारी पूरा गरेका लीलामणि पौडेलले प्रधानमन्त्रीसमक्ष सरकारी कर्मचारी र मजदुरको तलब, भत्ता तथा सुविधा पुनरावलोकन प्रतिवेदन बुझाउनुभएको छ । तलब, भत्ता तथा सुविधा पुनरावलोकन आयोगका संयोजक पौडेलले आज साँझ बालुवाटार पुगेर उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

उक्त आयोगको सदस्यमा पूर्व सचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा चार्टर्ड एकाउण्टेण्ट शिवनाथ पाण्डे हुनुहुन्थ्यो । अर्थ मन्त्रालयले आयोग गत साउनमा गठन गरेकाे थियो ।

टिप्पणीहरू