स्वास्थ्य शिविरमा 'डेट एक्स्पाएर' औषधी

स्वास्थ्य शिविरमा  'डेट एक्स्पाएर' औषधी

गुल्मीको रेसुङ्गा नगरपालिकाले गत शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधी वितरण गरेको पाइएको छ । 

बुटवलको चौरा हस्पिटलको समन्वयमा सञ्चालित उक्त शिविरमा 'डेट एक्स्पाएर' भएका औषधी बाँडिएको फेला परेपछि नगरपालिकाले घरघरमा पुगेर औषधि फिर्ता गराएको छ । शिविरमा वितरण गरिएको ‘एमीजोए–१०’ म्याद गुज्रिएको पाइएपछि तुरुन्त फिर्ता गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । 

उनकाअनुसार हिजो नै सबैको घरघरमा पुगेर उक्त औषधी फिर्ता लिइएको हो ।  ‘१०–१२ वटा म्याद गुज्रिएको औषधी परेको रहेछ । हिजो नै सबैको घरघरमा पुगेर त्यो औषधी फिर्ता लिइयौं । कसैले पनि खानुभएको रहनेछ’, पन्थीले भने,‘हामीले अस्पताललाई यसबारे स्पष्टीकरण पनि सोधिसकेका छौं । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई हामी कारबाही गरेरै छोड्छौं ।’

अस्पतालले गल्ती भएको स्वीकार गर्दै लिखित पत्र पठाएको उनले जानकारी दिए । अस्पतालको जवाफ चित्तबुझ्दो नभएकाले थप कारबाही अघि बढाउने नगर प्रमुख पन्थीको भनाई छ ।

टिप्पणीहरू