चटारो उपरास्ट्रपतिको,हतारो बैठकको

चटारो उपरास्ट्रपतिको,हतारो बैठकको

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न सत्ता घटकका नौ दल बालुवाटारमा जुट्न थालेका छन् । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम छ । 

यसअघि जनता समाजवादी पार्टी नेपाललाई उपराष्ट्रपति पदको उम्मेदवार उठाउने निर्णय गरिए पनि गठबन्धनभित्रैबाट महिला र खस ब्राम्हण समुदायभन्दा बाहिरको उपराष्ट्रपति हुनुपर्ने आवाज उठेपछि उक्त विषय विवादित बनेको छ । निर्वाचन आयोगले पनि नौ दलीय गठबन्धनकै धारणाअनुकूलको व्याख्या गरेपछि जसपा उपराष्ट्रपति उम्मेदवार चयनको विषय अप्ठेरोमा परेको हो ।

माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघले महिला उम्मेदवारको पक्षमा विज्ञप्ति जारी गरेको छ । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि मधेशी महिलाको पक्षमा लबिङ गरेका छन् ।

उता, एमालेले पनि उपराष्ट्रपति उम्मेदवार चयनको निम्ति बिहान ९ बजे सचिवालय बैठक डाकेको छ । बैठक पार्टी कार्यालय, च्यासल ललितपुरमा बस्न लागेको बताइएको छ । तर गठबन्धनले जसपाका रामसहायप्रसाद यादवलाई उठाउने पक्का छ ।
 

टिप्पणीहरू