बालुवाटारमा व्यवसायीहरुको धर्ना, बैंक ऋण ‘यताउता’ काे चाहना

बालुवाटारमा व्यवसायीहरुको धर्ना, बैंक ऋण ‘यताउता’ काे चाहना

आफ्नो व्यवसाय र व्यापार विस्तारको निम्ति लिइएको ऋण नतिर्न केही व्यवसायीहरुले कार्यक्रम गर्दै आएका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको नाममा उनीहरुले आज नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटार अगाडि धर्नाको कार्यक्रम राखेका हुन् । 

प्रधानमन्त्री र सभामुखको सरकारी निवास क्षेत्र भएकाले बालुवाटार वरपर सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । धर्ना, जुलुस भनिएको अवस्थामा उक्त क्षेत्रमा कुनै कार्यक्रम गर्न नपाइने भएकाले आज व्यापारी तथा व्यवसायीहरुले वृहत भेलाको नाम दिएको बताइन्छ । 

उनीहरुले बैैंक तथा वित्तीय संस्थाले कर्जामा चर्को ब्याज असुलेको आरोप लगाउँदै आएका छन् । कतिपयले कोभिड महामारीलगायतको सन्दर्भ उल्लेख गर्दै कर्जा मिनाहासम्मको माग राखेका छन् ।

उता मकवानपुरका ३२ वटा व्यापारी तथा व्यवसायगत संघ संस्थाका व्यवसायीहरु बैंक था वित्तीय संस्थाविरुद्ध अराजक ढंगले अघि बढेका छन् । उनीहरुले हिजोदेखि सर्वसाधारणलाईसमेत भड्काउने ढंगले ‘बैंकमा नगद जम्मा नगरौं’ भन्ने सन्देशसहित आन्दोलन थालेका हुन् ।

आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, होटल एसोसिएसन मकवानपुरलगायत ३२ वटा संघ संस्था सहभागी छन् ।

टिप्पणीहरू