गाडीको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु

गाडीको ठक्करबाट हेटौंडामा पैदलयात्रीको मृत्यु

हेटौंडामा आज बिहान भएको सडक दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको थानाभर्याङमा आज बिहान गाडीको ठक्करबाट महिलाको मृत्यु भएको बताइएको छ ।

मधेस प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीले पैदलयात्रीलाई दिएको ठक्करमा ती महिलाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राजमार्गमा गाडीको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारार्थ हेटौंडा अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू