भारतीय सेनाको हेलिकोप्टर अरुणाचलमा दुर्घटनाग्रस्त

भारतीय सेनाको हेलिकोप्टर अरुणाचलमा दुर्घटनाग्रस्त

भारतीय सेनाको एउटा चिता हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । 

हेलिकोप्टर चीनसँगको सीमाना नजिकै दुर्घटनाग्रस्त भएको टाइम्स अफ इण्डियाले जनाएको छ । प्रदेशको अन्तर्राष्ट्रिय सीमा क्षेत्र माण्डला नजिकै हेलिकोप्टर दुर्घटनामा परेको हो ।

भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै लेखिएको छ, ‘बिहान सवा ९ बजेदेखि उडेको हेलिकोप्टर दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको र अहिले दुर्घटनामा परेको पुष्टि भएको छ । दुर्घटनाको विस्तृत विवरण र हताहतबारे यकिन विवरण प्राप्त भएको छैन ।’

यसअघि पनि सन् २०१९ को जुन ३ तारिखका दिन छिमेकी आसाममा भएको सैनिक हेलिकोप्टर एएन ३२ दुर्घटनामा १३ जनाको ज्यान गएको थियो ।

टिप्पणीहरू