चैते खडेरीमा पूर्व डेपुटी गभर्नरले पानी दर्काउँदै

नेपाल राष्ट्र बैंकका वर्तमान सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पानी दर्केर’ नयाँ म्युजिक भिडियो हिजोदेखि बजारमा आएको हो ।

ग्रामीण समाजको यथार्थमा आधारित म्युजिक भिडियोमा साहुको ऋण तिर्न विदेशिएका नेपाली र उनका परिवारलाई साहुले दिएको दबाब चित्रित गरिएको छ । भिडियोमा रोजगारीका लागि विदेश उडेका नेपाली ग्रामीण घरपरिवारको पीडा समेटिएको छ ।

मुलुकमा बढेको बेरोजगारीको कहालीलाग्दो अवस्थालाई पनि उनले भिडियोमार्फत् इंगित गरेका छन् । गीतमा गायक प्रविण बेडवाल र रचना रिमालको स्वर, वरिष्ठ संगितकार हरि लम्सालको संगीत छ । वर्षा शिवाकोटी र प्रकाश सपुतको अभिनय रहेको भिडियो सुनिल बिकको निर्देशनमा तयार भएको छ ।

शिवाकोटीको यो १३ औं म्युजिक भिडियो हो ।

टिप्पणीहरू