भारतबाट हतियार ओसार्नेहरु सप्तरीमा समातिए

भारतबाट हतियार ओसार्नेहरु सप्तरीमा समातिए

सप्तरीमा स्वचालित पेस्तोलसहित दुई युवक समातिएका छन् । छिन्नमस्ता गाउँपालिका–२, मौवाका २८ वर्षीय सोनु राय र राजविराज नगरपालिका–१ का २८ वर्षीय सुवास यादवलाई हतियारसहित पक्राउ गरिएको हो । 

प्रहरी चौकी तिलाठी र बिओपी तिलाठीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई तिलाठी कोईलाडी गाउँपालिका–१, खाडो खोलाबाट नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोनुले शंकास्पद व्यवहार देखाएपछि चेकजाँच गर्ने क्रममा उनको कम्मरमा प्लास्टिकले बाँधी राखेको अवस्थामा ‘मेड इन युएसए’ र ‘चाइना’ लेखिएको यौटा म्याग्जिनसहितको पेस्तोल फेला परेको हो ।

त्यस्तै, रोशनलाई भने शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी पनि दिइएको छ ।

टिप्पणीहरू