उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा जनता समाजवादी पार्टी (जसपा) ले स्वीकृत गरेको छ ।

उनी उपराष्ट्रपति निर्वाचित भएको मिति चैत ३ गतेदेखि लागू हुने गरी अध्यक्ष उपेन्द्र यादवले राजीनामा स्वीकृत गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए । उपराष्ट्रपति यादवले साधारण सदस्यसमेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए ।

प्रवक्ता सुमनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालका नेता तथा पार्टी केन्द्रिय कार्यकारिणी समितिका सदस्य रामसहाय प्रसाद यादवद्धारा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गरिमामय तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएकै मिति (२०७९ चैत ३ गते) देखि लागू हुने गरी पार्टीको साधारण सदस्यलगायत सम्पूर्ण जिम्मेवारीबाट दिनु भएको राजीनामा जसपा, नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवद्धारा स्वीकृत गरिएको छ ।’
 

टिप्पणीहरू