मल्ललाई बुटवल उपमहानगरको सम्मान

मल्ललाई बुटवल उपमहानगरको सम्मान - ऋषि भट्टराई

राष्ट्रिय क्रिकेट  टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले नगद रकमसहित सम्मान गरेको छ । उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको बताइएको छ ।खेलमार्फत् बुटवलको पहिचान फैलाउन सफल भएकोमा मल्ललाई आज आयोजित कार्यक्रममा नगद र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

बुटवल ११ देवीनगर घर भएका मल्ललाईउपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, कार्यकारी प्रमुख टेकराज पन्थी, शिक्षा महाशाखा मित्रमणी खनालले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको हो ।

सो अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले नगरमा खेलकुद विकासको निम्ति तीन करोडभन्दा बढिको बजेट विनियोजन गरिएको उल्लेख गर्दै पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको बताएका छन् । जन्मभूमिको निम्ति खेल्ने खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले सम्मानसहित विविध कार्यक्रम कार्ययोजनामा राखिएको जानकारी पनि दिइएको छ ।

सोही कार्यक्रममा पूर्व क्रिकेट खेलाडी शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई समेत सम्मान गरिएको छ ।
 

टिप्पणीहरू