उपराष्ट्रपतिलाई भारतीय समकक्षीको बधाई

उपराष्ट्रपतिलाई भारतीय समकक्षीको बधाई

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई छिमेकी मुलुक भारतका उपराष्ट्रपति जगदीप धनखरले बधाई दिनुभएको छ । आज बिहान सपथ ग्रहण गरेपछि उपराष्ट्रपतिलाई भारतीय समकक्षीले सामाजिक सञ्जालबाट बधाई ज्ञापन गरेको बताइएको छ । 

आफ्नो बधाई सन्देशमा धनखरले उपराष्ट्रपति यादवको कार्यकालमा दुई देशबीचको मित्रवत सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

‘रामसहाय यादवज्यूलाई उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्न चाहन्छु’, अगाडि भनिएको छ, ‘साथै, भारत–नेपालबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र हाम्रा जनताबीचको मित्रताको बन्धनलाई अझ प्रगाढ बनाउन तपाईंसँग काम गर्न तत्पर छौँ ।’

यो पनि...

1. आज बढुुवा भएका एआइजीबाटै आइजिपी नियुक्त हुने

2. उत्तर कोरियामा क्षेप्यास्त्र प्रक्षेपण र लाखौं सैनिक भर्ना सँगसँगै

टिप्पणीहरू