सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

सरकारमा हिस्सा खोज्न समाजवादीद्वारा कार्यदल गठन

नेकपा एकीकृत समाजवादीले सरकारमा पार्टीको सहभागिता सम्बन्धमा थप छलफल गर्न कार्यदल गठन गरेको छ । 

आज बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने तयारीमा छ । औपचारिक निर्णय गर्नुअघि त्यसैमा छलफल गर्न बसेको सचिवालय बैठकले गठबन्धनका अन्य दल र प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो । 

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले कुन नीति तथा कार्यक्रम र कस्तो हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको बताए । समाजवादी गृहसहित चारवटा मन्त्रालय पाउनुपर्ने अडानमा रहेको बताइन्छ ।
 

टिप्पणीहरू