सामुदायिक वनका अध्यक्ष काठ तस्करीमा संलग्न

सामुदायिक वनका अध्यक्ष काठ तस्करीमा संलग्न

बाँकेको एउटा सामुदायिक वनका अध्यक्षलगायत अन्य वनका पदाधिकारीहरुसमेत काठ तस्करीमा संलग्न भएको पाइएको छ । राप्तीसोनारी गाउँपालिका–५, विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

घाटगद्दीमा रहेको ५२ लाख रुपैयाँ बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको पाइएको हो । स्थानीयको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारु अहिले वन कार्यालयको हिरासतमा छन् ।

उनीहरुले काठ बेचेको हिसाब र रकम सबै हिनामिना गरेको पाइएको छ ।

टिप्पणीहरू