गाँजाको भारी मिल्काएर तस्करहरु भारततर्फ बेपत्ता

गाँजाको भारी मिल्काएर तस्करहरु भारततर्फ बेपत्ता

भारतबाट नेपालतर्फ ल्याईंदै गरेको गाँजा सीमा नाकामा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट साढे ६५ किलो उक्त गाँजा आज बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्रको बिओपी पातोबाट इन्स्पेक्टरको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले डाक्नेश्वरी नगरपालिका–३ हटेल क्षेत्रबाट बिहान ४ बजे उक्त परिमाणको गाँजा बरामद गरेको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार गस्ती टोलीलाई देख्नासाथ टाउकोमा बोकेर गाँजा ओसार्दै गरेका चार जना भारततर्फ भागेका थिए । त्यसपछि गाँजा कब्जामा लिइएको हो । प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

बरामद गाँजा अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

टिप्पणीहरू