व्यापारीको कार्यक्रममा क्याबिनेट बिस्तारको प्रसङ्ग

व्यापारीको कार्यक्रममा क्याबिनेट बिस्तारको प्रसङ्ग

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै क्याबिनेट बिस्तार हुने बताउनुभएको छ । उहाँले आगामी दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने सन्दर्भ उल्लेख गर्नुभएको छ । 

ललितपुर चेम्बर अफ कमर्शको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उहाँले मन्त्रालय बाँडफाँडको विषय एक दुई दिनभित्र टुंगिने जानकारी दिनुभएको हो । तर, सत्तारुढ दलहरुबीच उक्त विषयमा समझदारी हुन सकेको छैन ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीलाई पनि धारणा राख्न बोलाइएको थियो ।
 

टिप्पणीहरू