पारामेडिक्सका ७५ कर्मचारी बढुवा

पारामेडिक्सका ७५ कर्मचारी बढुवा

सरकारले पारामेडिक्सतर्फका कर्मचारीहरुको स्तरवृद्धि गरेको छ । स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका ७५ कर्मचारीलाई बढुवा गरेको हो । 

गत चैत १२ गतेको निर्णयानुसार स्तरवृद्धि गरी पदनाम दिइएको विभागले जनाएको छ । जसमा पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धि हुनेहरुमा सुधिरकुमार सिंह, किरणराज शर्मा, गोपालबहादुर कार्की, नवीनराय यादव, प्रेमकुमार यादव, घनश्याम गिरी, रामनारायण महतो, झरेन्द्रबहादुर सिंह, धर्मेन्द्रराय यादव रहेका छन् । 

त्यस्तै, माधवनारायण चौधरी, पेम्बा छिरिङ तामाङ्ग, मनिषकुमार यादव, राजेन्द्रप्रसाद यादव, देवकुमार चौधरी, सितलदास चौधरी, चेतराज ओझा, मञ्जु खड्का, दिपेश नेपाली, सुनिता खाती, कृष्णकुमार महतो, कविराज ढकाल, नेहा स्वाँर, नृप कठायत, राजेन्द्र अधिकारीलगायतको पनि स्तरवृद्धि भएको छ ।
 

टिप्पणीहरू