रवि लामिछानेका पदच्यूत सांसद ढाकाकुमार संसदमा फर्कने

रवि लामिछानेका पदच्यूत सांसद ढाकाकुमार संसदमा फर्कने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई निलम्बनसहित सांसद पदबाट हटाउने रास्वपाको निर्णय कार्यान्वयन नगर्न आज अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यस मुद्दामा ढाकामाथिको कारबाहीलाई लिएर रास्वपा केन्द्रीय आचरण तथा अनुशासन समितिसँग कारबाही गर्नुपर्नाको कारण देखाउन पनि भनेको छ । 

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउन भन्दै मेडिकल बिचौलिया दुर्गा प्रसाईं उर्फ मार्सीसँग रकम मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि रास्वपा केन्द्रीय समितिले उनलाई कारबाही गरेको थियो । त्यसविरुद्ध उनी अदालत गएका थिए । 

अदालतको आदेशले तत्काल पद नजाने भएपछि समानुपातिक सांसद श्रेष्ठलाई राहत भएको छ ।
 

टिप्पणीहरू