बेल्जियममा उभौलीको रौनक

बेल्जियममा उभौलीको रौनक

बेल्जियममा बस्ने किरातीहरुले आफ्नो महान चाड साकेला उभौली तथा येले सम्वत ५०८३ भव्य रुपमा मनाएका छन् । बेल्जियमस्थित लुभेन नगरपालिकाको क्यासेलो पार्कमा किरात समाज बेल्जियमले बुधबार विशेष कार्यक्रम आयोजना गरी उभौली मनाएको हो ।

किराती परम्पराअनुसार भूमि र पितृपूजा गरि शुरु गरिएको उभौली कार्यक्रममा त्यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, जातीय संस्थाका नेतालगायत नेपाली समुदायको बाक्लो उपस्थिति थियो । नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्ती प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपालबाट गएका कलाकारहरुले आ-आफ्ना प्रस्तुतीमार्फत मानोरञ्जन गराएका थिए । 

किराती परम्पराका बिभिन्न परिकारका साथ  गायक राजेश पायल राई, सबनम राई,आसा राई, तारा राई, मालती राईलगायतको साकेला सिली नृत्यले रौनकता भरिएको सो कार्यक्रममा अतिथिहरुले शुभकामना मन्तव्य पनि राखेका थिए । 

प्रमुख अतिथि घर्तीले विदेशमा रहेर पनि आफ्नो धर्म, परम्परा र संस्कृतिको जगेर्ना गर्दै यस्ता कार्यक्रम आयोजना गरिनु पहिचानका लागि सुखद रहेको भन्दै नेपाल सम्वत पुरानो क्यालेण्डर भएकोले त्यो विशेष रुपले मनाउन सुझाव दिए । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले सन्देश पत्र पठाएर कार्यक्रम सफलताको शुभकामना दिएका थिए । 

उभौलीको निम्तो मान्न एनआरएनए आइसीसीका उपाध्यक्ष महेश श्रेष्ठ, बेल्जियम अध्यक्ष खड्कबहादुर केसी, एनआरएनए ग्लोबल बेल्जियम अध्यक्ष पदम गुरुङ, किदुङ समाज अध्यक्ष पेम्वा दोर्जे शेर्पा, विश्व मगर संघ अध्यक्ष लोक राना मगर, संघीय समाजवादी फोरम बेल्जियम अध्यक्ष नेत्र मगर कार्यक्रममा उपस्थिति थिए । 

त्यस्तै, प्रवासी नेपाली एकता समाज बेल्जियम अध्यक्ष अनिल थापा, पासा पुचः बेल्जियम अध्यक्ष चीजकुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च अध्यक्ष निशा गुरुङ, तमु धी बेल्जियम अध्यक्ष प्रविणा गुरुङ, पर्वत समाज बेल्जियम अध्यक्ष नन्दा गुरुङ लगायतले प्रवासमा पनि आफ्नो समुदायको धर्म तथा संस्कृति संरक्षणका लागि किरात समाज बेल्जियमको भूमिकाको प्रशंसा गर्दै शुभकामना दिए ।

टिप्पणीहरू