च्यासलमा एमाले अध्यक्षले नाम लिइरहँदा, रवि लामिछाने बालुवाटारमा प्रकट

च्यासलमा एमाले अध्यक्षले नाम लिइरहँदा, रवि लामिछाने बालुवाटारमा प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेवार्ता गरेका छन् । लामिछाने प्रधानमन्त्री भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

आजको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणलाई कानुनी निष्कर्षमा पुर्याउनुपर्ने लामिछानेको आग्रह रहेको बताइएको छ । 

यता, एमाले मुख्यालय च्यासल, ललितपुरमा भइरहेको चौथो केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा रवि लामिछाने र उनको पार्टी रास्वपाको अवस्थाबारे चर्चा गरिएको छ । लामिछानेको दल राजनीतिक अस्थिरताको कारक बन्ने र यसले मुलुकको समस्या समाधान गर्ने वा निकास दिन नसक्ने ओलीको ठहर छ । त्यसैगरी उक्त पार्टीमा देखिएको प्रभावबारे ध्यान दिन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू