चीनमा छ हजारबढी संग्रहालय, गत वर्ष चार सय थपिए

चीनमा छ हजारबढी संग्रहालय, गत वर्ष चार सय थपिए

चीनमा छ हजारभन्दा बढी संग्रहालय छन् । अघिल्लो वर्ष सन् २०२२ मा मात्रै तीन सय ८२ नयाँ संग्रहालय दर्ता भएसँगै मुलुकभर संग्रहालयको संख्या छ हजार ५६५ पुगेको बताइएको छ ।

राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासन (एनसीएचए) ले अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा मुलुकभरको संग्रहालयको संख्या सार्वजनिक गरेको हो । चालु वर्षको झण्डै पाँच महिनामा पाँच करोड बढीले चिनियाँ संग्रहालयको भ्रमण गरेका छन् । त्यस्तै, ३४ हजार अफलाइन प्रदर्शनी र १० हजार अनलाइन प्रदर्शनी भएको छ । 

अघिल्लो वर्ष चीनका संग्रहालयमा दुई लाख ३० हजार शैक्षिक गतिविधिको आयोजना गरिएको थियो । ४० हजारभन्दा धेरै अनलाइन शैक्षिक गतिविधि सञ्चालन भएका एनसीएचएका प्रमुख ली कुनले बताए । 

‘विभिन्न कोटीहरु र विविध विषयवस्तुसहितको आधुनिक संग्रहालय प्रणाली जुन विश्वव्यापी सार्वजनिक रुपमा उपलब्ध छ, चीनले पनि त्यसको आकार लिइसकेको छ’, उनले भने । 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू