देश जोगाउने मौका छ है श्रीमान

देश जोगाउने मौका छ है श्रीमान

संसदमा विचाराधीन विधेयकमध्ये केही नेपाल ऐन संशोधनमार्फत सम्पत्ति शुद्धिकरणसँग सम्बन्ध राख्ने मुद्दाहरूलाई छिटोभन्दा छिटो अगाडि बढाउने तयारी शुरु भएको छ ।

आउने जुलाई महिनामा नेपालबाट सचिवस्तरीय टोली क्यानाडा जाने कुरा छ । त्यहाँ सम्पत्ति शुद्धिकरणसम्बन्धी प्रगतिबारे बैठक बस्दै छ । त्यसअघि नै नेपालमा स्रोत नखुलेका, गैरकानुनी आर्जन र आतंककारी गतिविधिबाट जम्मा पारिएका रकममाथि नियन्त्रण तथा कारवाही अगाडि बढाउनुपर्ने दबाबपछि संसदलाई यो कुरामा तातो लागेको छ ।

त्यसो त अहिले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा उच्चपदस्थ अधिकारीको संलग्नता र स्रोत नखुलेका करोडौं रकमको ओसारपसारसम्बन्धी प्रकरणले पनि देश तात्तिएको बेला छ । यही मामिलामा पनि सम्पत्ति शु्द्धिकरणअन्तर्गत नेपालले अग्रसरता देखाउनसक्छ । तर, न्यायाधीशका तजविजले के भन्छ र गर्छ भन्ने कुरा भने प्रतिक्षाको विषय बनेको छ । 

त्यस्तै, राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउने मस्यौदा अहिलेसम्म मन्त्रिपरिषदमा पुगेको छैन । कानुन मन्त्रालयले मूलकानुनको मर्म र भावनासँग बाझिएको भन्दै दल विभाजनलाई सहज बनाउन अलग्गै कानुन बन्न नहुने राय पठाएको छ । जुन गृह मन्त्रालयमा अड्किएको छ । 

टिप्पणीहरू