रेशम चौधरीसहित ४८२ जनाको कैद मिनाहा

रेशम चौधरीसहित ४८२ जनाको कैद मिनाहा

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गर्नुभएको छ । 

आज साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका हुन् । जसमा टीकापुर हत्याकाण्डमा दोषी ठहरिएर सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीसमेत समावेश छन् । 

आजै क्याविनेट बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ ।

सरकारको सिफारिसमा सोमबारदेखि लागू हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

टिप्पणीहरू