क्रेनको ठक्करबाट धादिङमा बटुवा महिलाको मृत्यु

क्रेनको ठक्करबाट धादिङमा बटुवा महिलाको मृत्यु

सडक निर्माणको काममा प्रयोग हुने क्रेनको ठक्करबाट धादिङको खानीखोलामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

भीमढुंगा घर बताउने घर ठेगाना र नाम थर नखुलेकी बटुवा महिलाको काठमाडौंस्थित टिचिङ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

आज बेलुका ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारको लागि खानीखोला प्रहरीले काठमाडौंस्थित टिचिङ अस्पताल पुर्‍याएको थियो । उनले कालो गन्जी (टिसर्ट), कालोमा सेतो बुट्टा भएको सुरुवाल र चप्पल लगाएकी थिइन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार उनी केही दिनदेखि खानीखोला र नौविसे क्षेत्रमा सडकमा हिँडिरहेकी थिइन् । 

पसल र घरहरुमा मागेर हिंड्ने गरेकी अन्दाजी ३५ वर्षकी महिलालाई सडक छेउमा हिँड्दै गर्दा क्रेनको छेउपट्टीको भागले ठक्कर लागेको प्रहरीको भनाई छ । क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू