रेशम छुटेकोमा रवि लामिछाने खुशी, छुटाएकोमा रुष्ट

रेशम छुटेकोमा रवि लामिछाने खुशी, छुटाएकोमा रुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आममाफी पाएर जेलमुक्त भएका रेशम चौधरीको रिहाइले आफूलाई खुशी लागेको बताएका छन् । 

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चौधरीको रिहाइले आफू खुशी भएपनि छुटाउने प्रक्रियाप्रति भने असन्तुष्टी जनाए । आममाफी दिएर छुटाइएकाले चौधरीले न्याय नपाएको लामिछानेको भनाइ छ ।

रेशम चौधरी निर्दोष छन् भन्ने विश्वासका साथ हाम्रो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको थियो । छुट्नुभयो, ठीक छ’, उनले भने, ‘तर जुन प्रक्रियाबाट छुटाइयो त्यसले उहाँमाथि न्याय भएन ।’

रेशम निर्दोष भएर नछुटेकाले उनले आफ्नो लडाईं नजितेको पनि लामिछानेले बताए । ‘उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ’, उनले भने ।

टिप्पणीहरू