लाल आयोग कि काल आयोग ?

लाल आयोग कि काल आयोग ?

आखिर सरकारले लाल आयोगको रिपोर्ट सार्वजनिक गर्न अझै नाटक गरेछ । सरकारको यो काम बरु पूरा नाटकै हो । त्यो पनि कलाविहीन नाटक । लाल आयोगको रिपोर्ट सार्वजनिक गर्न पाइँदैन भनेर आफैँ सर्वोच्चमा मुद्दा हाल्ने, अनि त्यसपछि सर्वोच्चमा मुद्दा परेकाले मात्रै यो रिपोर्ट सार्वजनिक नगरेको हो, नभए त रिपोर्ट सार्वजनिक गर्नुपर्छ भन्ने भित्र म पनि पर्छु भनेर सदन आएर बोल्ने । संसदमा नाङ्गिन अमरेशकुमार सिंहले जस्तो कपडा खोल्नु पर्दैन क्या ! 

लाल आयोगको रिपोर्टलाई राज्यले यसरी भयंकर बनाउँदै छ मानौँ कि त्यो लाल आयोग होइन कुनै ‘काल आयोग’ हो । लाल आयोग केहीका लागि ‘काल आयोग’ पनि हो । सार्वजनिक नगरिएको त्यही कारणले पनि होला । तर एउटा कुरो, ‘लाल’ लाई त रोक्न सकिएला । तर ‘काल’ लाई रोक्न सकिएला ? रोकिहाले पनि कतिञ्जेल ?

टिप्पणीहरू